
म्याग्दी । मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको रु १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको खेलमैदान र पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष निकेश शेरचनले बताउनुभयो ।
“विसं २०५५ मा निर्माण भएको खेलमैदान स्तरोन्नति नहुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएको थियो”, उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट खेलमैदानलाई व्यवस्थित र पूर्वाधार तयार पारेर प्रयोगमा ल्याइएको छ ।”
एक सय १५ मिटर लामो र ७० मिटर चौडाई भएको खेलमैदानको सेभेन ए साइडको मापदण्ड अनुसारको भागमा माटो र बालुवा मिसाएर निर्माण गरिएको छ । डिलतर्फ तारजाली, खेलमैदानको वरपर नाली र प्रवेशद्वार निर्माण गरिएको अध्यक्ष शेरचनले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान स्तरोन्नति भएपछि विद्यालय, क्लव र विभिन्न सङ्घ संस्थाले खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।
मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जिल्ला सदरमुकाममा व्यवस्थित खेलमैदानको आवश्यकता महसुस गरेर प्रदेश सरकारबाट योजना भित्र्याइएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले गत आवमा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत २५ वटा खेलमैदान योजना कार्यान्वयन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न