
झापा । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा) को आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् ।
पाँच वर्षमा ८९ करोड ४३ लाख ३६ हजार १ सय ६१ रुपैयाँ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०र८१ मा ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९र ८० को तुलनामा त्यो आयात दोब्बरभन्दा बढी हो । आव २०७९र८० मा १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई–रिक्सा आयात भएको थियो । ई–रिक्साको आयात महसुल वापत मेची भन्सार कार्यालयले बिगत पाँच वर्षमा ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।
आव २०७६ र ७७ मा यही नाकाबाट आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव २०७७र७८ मा ८ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५ आयात भएको थियो । तथ्यांकले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८र ७९ मा रु। १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई–रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।
पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।
बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै बिगत पाँच वर्षमा २ करोड ४० लाख १३ हजार २ सय ४७ रुपैयाँ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महशुल छुटमा आयात भएको छ ।
मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरुले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र वापत ५ सय र मूल्य अभिवृद्धि करवापत ६५ रुपैयाँ मात्र महशुल बुझाउनु पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न