
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रियसभाबाट विनासंशोधन पारित भएको छ ।
सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराउनुभएको थियो । उहाँले प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराउनुभयो । प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रियसभाले विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।
विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा उत्पत्ति भएको विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ऐन कार्यान्यवनमा आउनेछ । प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते आइतबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न