
काठमाडौँ । भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि ५ वर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलको नियतविरुद्ध नागरिक समाज आन्दोलित भएको छ ।
‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’ भन्ने आग्रह गर्दै आज मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शनीको आयोजना गरेको हो ।
भ्रष्टाचारीलाई दण्डित गर्ने कानुन बनाऊ, भ्रष्टाचारमा चोख्याउने चेष्टा नगर, नीतिगत भ्रष्टाचारको श्रृङ्खला अन्त्य गर, हद म्यादको कसरत संसद् बद्नाम बनाउने अभ्यास बन्द गरजस्ता भ्रष्टाचार विरुद्ध विभिन्न नारा लेखिएका प्ले कार्डसहित पाँच दर्जन नागरिक अधिकारकर्मीको सहभागिता रहेको शान्ति समाज काठमाडौँ शाखाका सभापति भगवान् पुडासैनीले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाकार उत्तम पुडासैनी र सुशासन अभियानकर्मी किरण केसी लगायतले अबको आन्दोलन भ्रष्टाचारविरुद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न