
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा उहाँले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिनुभएको छ ।
कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै उहाँले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताउनुभयो । ‘कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्नुपर्नेमा जोड दिनुभयो । राजजीतिक दलबीच भएको सहमति तथा कार्यदलले गरेको सहमतिलाई विश्वास गरेर राष्ट्रियसभाबाट सङ्क्षिप्त रुपमा विधेयक पारित हुन लागेको जानकारी दिँदै उहाँले यो सहमतिले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका निम्ति योगदान गरोस् भन्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याएर मुलुकको समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन र संरचनाले पीडितलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने आशङ्का व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न