
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक आज सामान्य अंकले उकालो लागेको छ ।
बिहीबार नेप्से परिसूचक ६ दशमलव शून्य १ अंकले उकालो लागेर २ हजार ९ सय ७४ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा कमी आउँदा ७ उपसमूहको शेयर मूल्य भने बढेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव ७५ अंकले उकालो लागेर ५ सय ३३ दशमलव ८६ मा पुगेको छ ।
कूल ४ करोड ९ लाख ५१ हजार सात सय २० कित्ता शेयर १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर ३ दशमलव ९५, बोटलर्स नेपाल बालाजु ३ दशमलव ९२, राष्ट्रिय बीमा कम्पनी ३ दशमलव ७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न