
काठमाडौँ। सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ ।
आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रको विस्तृत अध्ययनका लागि विज्ञसहितको प्राविधिक टोली पठाउने तयारी भइरहेको जनाइएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अध्ययन टोलीले घटनाको कारणसहित बाढीग्रस्त क्षेत्रमा बस्न मिल्ने हो वा बस्ती अन्तै सार्नु पर्ने हो भन्नेबारे पनि अध्ययन गर्ने जानकारी दिनुभयो ।
यही साउन ३२ गते आएको गेग्य्रान र ठूला ढुङ्गासहितको बाढीले थामेमा ठूलो क्षति भएको थियो । थामेका २४ घरसहित स्कुल, क्लिनिकलगायत बस्तीमा क्षति पुगेको थियो । बाढीलगत्तै रक्षामन्त्री मानवीर राई नेतृत्वमा विज्ञसहितको टोलीले मुहान क्षेत्रमा हवाई निरीक्षण गरी प्रारम्भिक जानकारी लिएको थियो ।
प्रारम्भिक निरीक्षणमा सहभागी पोखरेलले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई ग्लेसियर र पर्माफ्रोस्ट पग्लिएर हिमताल फुटेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न