
काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा सडक भासिएको छ । बानेश्वरबाट शंखमूलतर्फ जाने सडक खानेपानीको पाइप लिक हुँदा भासिएको हो ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले खानेपानीको पाइप लिकेज भएर सडक भासिएको बताउनुभयो । ‘सडकमुनि रहेको खानेपानीको पाइप लिकेज सुरुङ प्वाल देखिएको छ’ उहाँले भन्नुभयो– सडक त्यही कारण भासिएको हो ।’
नगर प्रहरी निरीक्षक भट्टराईले खानेपानीको पाइप लिकेज भएर सडक प्वाल परेको बेलैमा देख्दा सम्भावित ठूलो दुर्घटना टरेको उल्लेख गर्नुभयो । ‘सानो भ्वाङ देखिए पनि सडकमुनि खाली ठाउँ धेरै नै रहेछ’ उहाँले भन्नुभयो – बेलैमा नदेखिएको भए ठूलो दुर्घटना पनि हुनसक्थ्यो । अहिले हामी जेसबी प्रयोग गरेर भ्वाङ खोल्दैछौं । त्यसपछि सडक पुनः निर्माण हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै