
काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।
टानको भदौ १७ गते हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गर्नुभयो ।
यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सृजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङले समेत उम्मेदवारी घोषणा गर्नुभयो ।
अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्नेगरी ‘बृहद् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो ।
उहाँले पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसाययिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उम्मेदवारी घोषणासभामा टानका अध्यक्ष नीलहरि बाँस्तोलाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सबै हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै