समाचार

ज्येष्ठ नागरिकलाई पोसाक भत्ता, दीर्घरोगीलाई औषधि खर्च

इलाम । इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ ।  जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो ।