+

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

पाल्पा ।  पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । 

नवलपुरको अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ जाँदै गरेको  लु १ ज ३३२४ नम्बरको  जीप बुधवार साँझ मतियारडाँडास्थित भित्री सडकमा दुर्घटना भएको हो ।दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको  पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनु भएको छ ।  


दुर्घटनामा ७ वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा जिल्ला अस्पताल कावासोतीमा बुधवार राति मृत्यु भएको  हो । प्रहरीका अनुसार   घाइते  १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै