
बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग २ च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा आज साँझ छ बजे दुर्घटना भएको हो ।
साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उहाँले बताउनुभयो ।
दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताउनुभयो । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको उहाँको भनाइ छ ।
“दुर्घटना भएको खबर पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा लागेको थियो, सबै घाइतेलाई उद्धार गरेर बुर्तिबाङ पठाइएको छ, अँध्यारो भएको हुँदा धेरैको अवस्था बुझ्न पाइएको छैन, बालबालिका र महिला बढी सवार हुनुहुँदो रैछ”, प्रहरी निरीक्षक विकले भन्नुभयो । दुर्घटनास्थल बुर्तिबाङ बजारदेखि करिब ८ किलोमिटर पश्चिममा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’