
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । माओवादीि केन्द्रले आसन्न राष्ट्रियसभा निर्वाचनको उम्मेदवारबारे छलफल र सरकारको एक वर्षे कार्य समीक्षा गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको हो ।
पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो ३ बजे माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
प्रवक्ता सापकोटा अनुसार बैठकमा माघ ११ गते राष्ट्रियसभा निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र पार्टीले संचालन जनतासँग माओवादी विशेष अभियान लगायतको विषयमा छलफल हुनेछ ।
केही महिना अघिदेखि शुरु भएको जनतासँग माओवादी विशेष अभियान पुस १६ गते समापन हुँदैछ । अभियानमा अहिलेसम्म कार्यकर्ताहरुबाट प्राप्त भएको सुझावबारे छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको १ वर्ष पुग्न लागेको छ । सरकारले एक वर्षमा गरेका कार्यबारे पनि बैठकमा समीक्षा हुने प्रवक्ता सापकोटाको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश