
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका महरालाई गृहमन्त्री लामिछानेले चुरोट (भेप) मार्फत गरिएको सुन तस्करी प्रकरणमा कारबाही गर्न निर्देशन दिनुभएको हो । गृहमन्त्री लामिछानेले आइतबार प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर र सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।
सुन तस्करी सम्बन्धी छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणमा आयोगले माओवादी नेता महरासँग यसअघि बयान लिएको थियो । सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका उनका छोरा राहुल.पुर्पक्षका लागि थुनामा छन् ।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गर्न समेत प्रहरी नेतृत्वलाई निर्देशन दिनुभएको छ । सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।
बाँसबारी जग्गा प्रकरणमा संलग्न रहेकाहरुको समेत बयान लिन निर्देशन दिइएको छ । बाँसबारी जग्गा प्रकरण उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग