
काठमाडौँ । पार्टीको रणनीति र कार्यदिशाबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति काठमाडौँमा शुरु भएको छ ।
पुस ३ गतेसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा भइरहेको छ । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्नुभएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसारर बैठकमा अध्यक्षको ‘ब्रिफिङ’पछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ । ३ दिने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समीक्षा र समूहगत छलफल हुनेछ ।
पार्टीले भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश