
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।
गृहजिल्ला आउनुभएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको हो ।
पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकखण्डको स्तरोन्नति लगायतका निर्माणकार्य चाँडो सम्पन्न गराउन आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।
पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ११ प्रतिशतमात्र काम सकिएको छ । निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रालि काठमाडौँले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।
उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवासमेत प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ ।
हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युत्का कारण नियमित भइरहेको छैन ।
यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे समेत भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो ।
यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताउनुभयो ।
उहाँले यसअघि निर्माण सकिएका योजनाको मर्मतसम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो । समितिका पदेन सदस्यसमेत रहनुभएका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश