
रामेछाप । कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् । सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन् ।
माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन् । “केही वर्षपहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुङ्गा देख्न सकिन्थ्यो । आजभोली कतै देखिदैन”, स्थानीय धनबहादुर माझीले भन्नुभयो ।
सुनकोसी र तामाकोसी नदीको सङ्गमस्थल त्रिवेणीमा धेरै डुङ्गा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उहाँले बताउनुभयो । झोलुङ्गे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो ।
पहिले डुङ्गा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शङ्कर माझीले बताउनुभयो । “राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोसी र तामाकोसी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिइएको थियो । सडक र पुल निर्माण हुनुअघि माझीहरुले मानिस र सामान वारिपारि गर्न ठेक्कामा काम गर्दथे”, उहाँले भन्नुभयो ।
आधुनिकता आएसँगै सिमान्तकृत जातिमा पार्ने माझी समुदायको पहिचान सङ्कटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृतिको संरक्षण र पहिचानका लागि जुटेका मानवीर माझीले बताउनुभयो । माझी जापतको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुङ्गा पुनः सञ्चालनमा ल्याउन स्थानीय पालिका र सरोकारवालासँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो
जिल्लाको मन्थली, सेले, नवु, पुछि, हर्दिनीलगायत घाटमा केही वर्षअघिसम्म नियमित रुपमा डुङ्गा सञ्चालन हुने गरेकामा अधिकांश स्थानमा मोटरेवल पुल निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका पुर्व शिक्षक एवं माझी समुदायका अगुमा सिरबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार डुङ्गा संरक्षणका लागि सेलेघाटमा प्रत्येक वर्ष जिल्लामा माझीले संयुक्त रुपमा डुङ्गा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’