
एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताउनुभयो ।
उहाँका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो । रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो ।
विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।
विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।
बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।
विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम (अवरोध) हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश