
कञ्चनपुर । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरिएको छ ।
सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क शिविरमा एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरको पहिलो दिन शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा थारु समुदायका पाँच सय ४८ जनाको रगत परीक्षण गरिएको थियो । शिविरमा रगत परीक्षण गरिएकामध्ये ४२ जनामा बाहक (ट्रेट) देखा परेको छ । त्यसैगरी बेदकोट नगरपालिका–३ मा पाँच सय ६० जनाको रगत परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये ८९ जनामा बाहक (ट्रेट) देखा परेको छ ।
त्यसैगरी मङ्गलबार भीमदत्त नगरपालिका–२ मा चार सय ४२ जनाको रगत परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ७० जनामा बाहक (ट्रेट) देखा परेको छ । बाहक (ट्रेट) देखा पर्नेमा सबैभन्दा बढी एक सय १७ जना महिला छन् ८४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिनुभयो ।
“बाहक (ट्रेट) देखापरेका व्यक्तिहरूको रगतको अन्तिम परीक्षण गरी सिकलसेल एनिमिया भए÷नभएको पुष्टि हुने छ”, भट्टले भन्नुभयो, “जाँचको अन्तिम रिपोर्ट आउन एक साता लाग्छ ।” बाहक देखिएकै भरमा बिरामी भन्न नमिल्ने उहाँले बताउनुभयो । हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा पाँच प्रतिशतभन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो । नेपालमा पनि खास गरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
केही समय अघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको थियो । थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हुँदै जाने छ । हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरी समुदायको बसोबास उच्च रहेका पलिकाहरूमा यो रोगको पहिचान तथा निदानको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भट्टले बताउनुभयो ।
“सिकल सेल एनिमिया र थालेस्मिया जिनसम्बन्धी खराबीले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ ।” भट्टले भन्नुभयो, “पुरूषमा ट्रेट छ र उसको विवाह ट्रेट भएको महिलासँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चामा सिकल सेल लाग्छ ।” ट्रेट भएको व्यक्तिलाई शारीरिकरुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उहाँले बताउनुभयो ।
सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बारम्बार बान्ता हुने, खोकी लाग्नेलगायत लक्ष्यण देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश