
काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका मतगणना अहिले १२ बजेदेखि शुरु गरिएको हो।
बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९ सय ५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ ।
काठमाडौँ र बाहिर गरी जम्मा ३६ मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमा प्रतिस्पर्धा हुनुहुन्छ ।
वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ । वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सातबुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदै मन्त्रालय, आन्दोलन नरोक्ने अडानमा शिक्षक
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- मनाङमा सार्वजनिक बस सेवा शुरु
- सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
- कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा