
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । एक साताअघि राजधानीको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै तोडफोड र आगजनीको घटना भएको थियो । सोही घटनापछि प्रहरीले राप्रपाका नेताहरू मिश्र र राणा समेतलाई पक्राउ गरेर मुद्दा अघि बढाएको छ ।
राप्रपाले भने प्रहरीले तीनकुने घटनामा राज्यतर्फबाट व्यापक दमन र धरपकड भएको आरोप लगाएको छ । सो घटनामा राप्रपाले गृहमन्त्रीको राजीनामाका साथै सुरक्षा प्रमुखमाथि कारबाहीको माग गरेको छ ।
सडकमा आएका राप्रपाका नेता कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता काम गर्नुपर्नेलगायतका माग गरे । प्रदर्शन राजधानीको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा