
काठमाडौँ । नेकपा एमालेका नेता ऐन महरविरुद्ध अनुसन्धान अघि बढाउन उच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशपछि एमालेका केन्द्रीय सदस्य समेत रहेका महरमाथि अब प्रहरीले बलत्कार मुद्दामा अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।
बुधबार उच्च अदालत पाटनले महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको हो । महरबाट बलात्कृत भएको भन्दै एक महिलाले दिएको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले तामेलीमा राखिएपछि पीडित महिला अदालत पुगेकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई विपक्षी बनाएर दायर मुद्दामा न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइराला को इजलासले अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको सो मुद्दामा पीडितको तर्फबाट बहस गरेका अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताउनुभएको छ । जसअनुसार अब प्रहरीले महरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो