काठमाडौँ । उत्तरपश्चिम टर्कीएको एउटा होटलमाआगलागी हुँदा जीवन गुमाउने ७६ पुगेको छ । होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।
होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताउनुभयो । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।
सीएनएनका अनुसार पीडितमध्ये १० देखि ११ वर्षका धेरै बालबालिका छन् ।घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भन्नुभयो– ‘हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।’
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गर्नुभयो । ‘यो शोकको दिन हो’ उहाँले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो । उहाँले दोषी जो कोही भए कारबाही हुने समेत बताउनुभयो ।
टर्कीए सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान शुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तीमा ९ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
आगलागी हुँदा करिब २ सय ३४ जना पाहुना होटलमा बसिरहेका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो