
कैलाली । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरू हुँदा खेल २० ओभरबाट सात मा झारिएको थियो । बबलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याच समेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई लिइन् ।
आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् । माघ १ गतेदेखि शुरू भएको प्रतियोगितामा नौ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले ३ लाख, प्लेयर अफ दी सिरिजलाई र५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश