
तनहुँ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत शुरु गरिएको छ ।
चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।
तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उहाँले बताउनुभयो ।
समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले उल्लेख गर्नुभयो ।
स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताउनुभयो । पुल मर्मत पूरा नहुँदासम्म त्यस अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो । पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी ६ जना खटिएका छन् ।
विसं २०३७ मा निर्मित झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । दैनिक हजारौँ आवतजावत गर्ने पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक ६ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिनुभयो ।
विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल रहेपनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिनुभयो ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश