
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गर्नुभएको छ । सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताउनुभएको हो ।
उहाँले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गर्नुभएको छ ।
ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको थियो । साथै ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताउनुभएको छ । ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा क्याच र रिलिजको अन्त्य गर्ने बताउनुभएको हा् । यो आप्रवासीहरूलाई अदालतमा मुद्दा पर्खन राष्ट्रमा रिहा गर्ने सन्दर्भमा उल्लेख छ।
उहाँले ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीतिलाई पुनर्स्थापित गर्ने समेत बताउनुभउको छ । उहाँले पहिलो चरणमा बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश