
काठमाडौँ । सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्यु गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त फिलिप्पो ग्रान्डीले गत वर्षको डिसेम्बर यता करिब दुई लाख सिरियाली शरणार्थी आफ्नो देश फर्केको पुष्टि गर्नुभयो ।
सन् २०२४ डिसेम्बर ८ मा राष्ट्रपति बसर अल असदको सरकार ढलेपछि जनवरी १६ सम्ममा एक लाख ९५ हजार २०० सिरियाली नागरिक स्वदेश फर्किसकेका ग्रान्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तथ्याङ्कमा उल्लेख छ । उहाँले शरणार्थी व्यवस्थापनका लागि सिरिया र छिमेकी देशको भ्रमण गर्ने योजना पनि घोषणा गर्नुभएको छ ।
शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर), संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायको समर्थनलाई बलियो बनाउन समयसीमा निर्दिष्ट नगरिएको भएपनि क्रमिकरूपमा कार्यतालिका सावजनिक गरिने र शरणार्थीको फिर्ती तथा व्यवस्थापन गरिने छ। यसैबीच, युएनएचसीआरका अनुसार सन् २०२४ मा पाँच लाख ५० हजारभन्दा बढी सिरियालीहरू आफ्नो देश फर्केका छन् । फिर्ता भएका शरणार्थीमध्ये सबैभन्दा बढी हिस्सा उत्तरी अलेप्पो प्रान्तका रहेको बताइएको छ ।
धेरै सिरियाली शरणार्थीले स्वदेश फर्कन चासो देखाए पनि युएनएचसीआरले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा मिश्रित भावना रहेको उल्लेख गरिएको छ । उनीहरूमध्ये धेरैले सिरियाभित्र आफ्नो जीवन र घर फर्कन र पुनर्निर्माण गर्न सक्षम हुन वित्तीय तथा बन्दोबस्तीका सामानको सहायताको आवश्यकतामा जोड दिएका छन्।
प्रत्युत्तरमा युएनएचसीआर र यसका साझेदार संस्थाले शरणार्थीको स्वदेश फिर्तीका लागि अन्तरनिकाय योजना अघि सारेको प्रतिवेदनमा उल्लेख छ । निकायले शरणार्थी र उनीहरूलाई स्वागत गर्ने समुदाय दुवैका लागि दिगो कोष र सुरक्षा कार्यक्रमको महत्वलाई पनि जोड दिएको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश