
काठमाडौँ । श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् ।
श्रीलङ्काको दक्षिणी प्रान्तमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाभन्दा बढी लाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छ जना गम्भीर घाइते भएका छन् र उनीहरुको मातरा जिल्लाको एक सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा पानी परिरहेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि दुर्घटना हुनुको खास कारण खुल्ने प्रहरीले बताएको छ ।
श्रीलङ्कामा सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएका छन् । श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश