
नेपालगञ्ज । नेपालगञ्जमा फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बाँकेमा महिला फुटबललाई पुनःजीवन दिने अपेक्षासहित प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । महिला खेलाडी उत्पादन र विकासको लक्ष्य राखेर यो प्रतियोगिता हुन लागेको उहाँको भनाइ छ ।
एन्फाका केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय सशक्त टिम सहभागी गराउने गरी आवश्यक तयारी थालिएको पनि जानकारी दिनुभयो । ‘त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षणलगायत कार्यक्रम गरिनेछ’ उहाँले भन्नुभयो । उक्त प्रतियोगिताभन्दा अघि नेपालगञ्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।
आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ ।
लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका छ गरी आठ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । लोगोमा भगवान गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश