
काठमाडौँ । रुस र इरानले शुक्रबार ‘बिस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो ।
मस्को र तेहरानले वर्षौंदेखिको गहिरो सहयोगपछि आफ्नो घनिष्ठ सम्बन्धलाई औपचारिकता दिन खोजिरहेका बेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा प्रवेश गर्नुभन्दा तीन दिनअघि सम्झौता हुने भएको हो ।
युक्रेनी र पश्चिमी अधिकारीहरूका अनुसार इरानले रुसलाई स्वचालितरूपमा विस्फोट हुने ‘शहीद’ ड्रोनहरू प्रदान गरेको छ । यिनिहरूलाई मस्कोले युक्रेनमा रातिमा ब्यारेजहरूमा आक्रमण गर्न प्रयोग गर्छ । दुबै देशहरूले पश्चिमी प्रतिबन्धहरूको बीच व्यापार बढाएका छन् ।
नयाँ सन्धिले तेहरान र मस्कोको ‘सैन्य–राजनीतिक र व्यापार–आर्थिक’ सम्बन्धलाई थप मजबुत बनाउने क्रेमलिनले बुधबार जनाएको छ ।
तेहरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार तेहरानले शुक्रबारको सम्झौताबारे थोरै जानकारी दिएको छ तर गत वर्ष उत्तर कोरियासँग रुसले गरेको सन्धिमा समावेश गरिएको सम्झौताजस्तो पारस्परिक प्रतिरक्षा धारालाई अस्वीकार गरेको छ ।
दुवै पक्षले वर्षौंदेखि नयाँ सन्धिका लागि काम गरिरहेका थिए । उनीहरूको वर्तमान सम्बन्ध सन् २००१ को सम्झौताद्वारा निर्देशित छ र यसलाई उनीहरूले आवधिक रूपमा नवीकरण गरिरहेका छन् ।
रुसले इरानसँगको आगामी सम्झौता र प्योङयाङसँग यसअघि नै हस्ताक्षर भइसकेको सन्धि ‘कुनै पनि देशविरुद्ध लक्षित नभएको’ बताएको छ ।
‘यो सन्धि रचनात्मक प्रकृतिको छ र यसको उद्देश्य रूस, इरान र विश्वका विभिन्न भागमा रहेका हाम्रा मित्रहरूको क्षमतालाई सुदृढ पार्नु हो’ रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार भन्नुभएको थियो ।
रूसका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै रुसको समाचार एजेन्सी तासले यो २० वर्षका लागि मान्य हुने जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान, चीन र उत्तर कोरियासँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको आधारशिला बनाएका छन् ।
रुस र इरान दुवैले आफ्ना महत्वपूर्ण ऊर्जा उद्योगहरूमा प्रतिबन्धसहित भारी पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेका छन्।
गत वर्ष कजानमा भएको ब्रिक्स समूहको शिखर सम्मेलनमा पुटिनले रुस र इरानबीचको ‘साँच्चिकै मैत्रीपूर्ण र रचनात्मक सम्बन्ध’लाई आफूले महत्व दिएको पेजेस्कियानलाई बताउनुभएको थियो ।
ट्रम्प सत्तामा फर्कनुभन्दा केही दिनअघि पेजेस्कियानको रुस भ्रमण हुन लागेको हो ।
इरानविरुद्ध पटक–पटक सैन्य धम्की दिँदै आएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्न चाहको बताउने गर्नुभएको छ ।
मस्को र तेहरान दुवैको ठूलो समर्थन प्राप्त सिरियाली नेता बशर अल असदलाई विद्रोहीले सत्ताच्युत गरेको एक महिनापछि र इजरायल र इरानको सहयोगी हमासले गाजामा युद्धविरामको तयारी गरिरहेको एक महिनापछि यो सम्झौता भएको हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश