
काठमाडौँ । ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष र महिलातर्फ एक एक विदेशी टोली समेत सहभागी हुनेछन् ।
प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र नेपाल एपिएफ क्बल सहभागी हुनेछन् । विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीन रहेको छ ।
त्यसैगरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाइगर गु्रप अफ पोखरा रहेका छन् । महिलातर्फ विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेट प्यासन भलिबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही २५ हजार सात सय ७७ रुपैयाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षक (पुरुष÷महिला) ले १० हजार पाँच सय ५५ पुरस्कार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको खेल भने पोखरामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश