
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम रहेका बताउनुभएको छ ।
पुलचोक इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनीयर विद्यार्थी समाज (सेस) ले आजदेखि शुरु गरेको सिभिल इञ्जिनियरिङ प्रदर्शनी ‘आधार’ को उद्घाटन गर्दै उहाँले विश्वका नवीन प्रविधि र अनुसन्धानमा नेपाली प्राविधिक तथा प्राविधिज्ञहरूले उल्लेखनीय नतिजा ल्याउने गरेको भन्दै निराश हुने अवस्था नरहेको बताउनुभयो । मन्त्री दाहालले नेपाली प्राविधिकको ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियासमेत शुरु भइसकेको बताउनुभयो ।
उहाँले नेपालमा पूर्वाधार र विकास निर्माणका काममा नेपाली इञ्जिनियर र प्राविधिकहरूको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । ‘नेपाल अहिले निर्माणको चरणमा छ । नेपालमा अवसर छैन भनेर निराश मात्र हुने अवस्था छैन । सिकेको ज्ञान र सीपबाट नेपालकै समृद्धिका लागि योगदान गर्न सकिने आधार बनिरहेको छ’ मन्त्री दाहालले भन्नुभयो– ‘नेपाली प्राविधिक तथा वैज्ञानिकहरूले भू–उपग्रह प्रक्षेपणदेखि नवप्रवर्तनका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेका छन् । युवाको ज्ञान, सीप र क्षमताको प्रोत्साहनका लागि सरकारले प्राथमिकता दिइरहेको छ ।’
त्यस क्रममा उहाँले विद्यार्थीद्वारा सिर्जना गरिएका विभिन्न प्रदर्शनी स्टलको अवलोकनसमेत गर्नुभएको थियो । सेसका अध्यक्ष दिवस पौडेलका अनुसार विज्ञान प्रदर्शनी तथा प्रतियोगिताको १५औँ संस्करण तीन दिनसम्म चल्नेछ ।
प्रदर्शनी एवं प्रतियोगितामा विभिन्न ६० वटा प्रदर्शनी कक्षमा विद्यार्थीले सिर्जना गरेका सिभिल इञ्जिनियरिङ क्षेत्रका विभिन्न नमूना समावेश रहेको कार्यक्रमका संयोजक राहुल दासले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश