
काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी साधारण सदस्यबाटै निस्कासित हुनुभएको छ ।
एकीकृत समाजवादीले ‘सुवेदी पछिल्लो समय संगठनको हित विपरीत सक्रिय रहेको’ भन्दै साधारण सदस्यबाटै निस्काशन गरेको हो । संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा शुक्रबार केन्द्रीय कार्यालय आलोकनगर बसेको पदाधिकारी र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकले अध्यक्ष सुवेदीलाई संगठनबाट निष्कासित गरेको हो।
सुवेदी संगठनको हित विपरीतको कार्यमा लागेकोले संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष छत्कुलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपाध्यक्ष तथा संगठनका इन्चार्ज प्रकाश ज्वाला, सहइन्चार्ज दामोदर अर्याल र केन्द्रीय कमिटी सदस्य चमिना भट्टराईको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश