+

रुपन्देहीको इँटा उद्योगमा मजदुरको कुटपिटबाट मृत्यु

बुटवल । रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यू कामना इँटा उद्योगमा कार्यरत भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको हो ।

उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 
कुटपिटबाट गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पतालमा  उपचारको क्रममा बिहीबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ । 

निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने घटना अनुसन्धानमा खटिएका प्रहरीहरुको अनुमान छ । 

निष्ठुरीलाई कुटपिट गने कृष्णलाई प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै