
काठमाडौँँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउनु ‘अत्यावश्यक’ भएको बताउनुभएको छ ।
गुटेर्रेसले प्यालेस्टिनी भूभागको ‘अखण्डता’को सम्मान गर्न र शान्ति कायम गर्न सक्षम ‘एकीकृत’ प्यालेस्टिनी नेतृत्व सुनिश्चित गर्न दबाब दिन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘यो युद्धविरामले गाजाभरि सहायता वितरणमा महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु अत्यावश्यक छ । यसले तत्काल जीवन बचाउने मानवीय सहायतामा व्यापके वृद्धिका लागि सहयोग गर्न सम्भव हुनेछ।’
गुटेर्रेसले घातक द्वन्द्वमा युद्धविरामको आह्वानको नेतृत्व गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले वितरण गरेको सहयोगसहित युद्धग्रस्त क्षेत्रमा निर्बाध रूपमा सहायता प्रवाहको लागि विश्व समुदायको ध्यानाकर्षण गर्नुभएको छ ।
राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले युद्धविरामले ‘आशा र अवसरको क्षण’ प्रदान गरेको बताउनुभएको छ ।
‘हामी कुनै भ्रममा पर्नु हुँदैन कि बाँचेकाहरूलाई सहयोग प्राप्त गर्न अझै पनि कति गाह्रो हुनेछ। यो भन्दा बढी हुन सक्दैन,’ मानवीय सहायता प्रमुख टम फ्लेचरले एक विज्ञप्तिमा भन्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले यो सम्झौतालाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएको छ ।
युनिसेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘युद्धले गाजाका बालबालिकामा भयानक क्षति पुर्याएको छ, जसमा कम्तीमा १४ हजार ५ सय बालबालिकाको मृत्यु भएको छ, हजारौं घाइते भएका छन्, अनुमानित १७ हजार आफ्ना आमाबाबुबाट अलग्गिएका छन् र करिब १० लाख विस्थापित भएका छन् ।
गुटेर्रेसले पत्रकारहरूसँगको कुराकानीमा नयाँ सम्झौतालाई ‘महत्वपूर्ण पहिलो कदम’ भन्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘हामीले कब्जा गरिएको प्यालेस्टिनी भूभागको एकता, निरन्तरता र अखण्डताको संरक्षणसहित व्यापक लक्ष्यहासिल गर्न सबै प्रयासलाई परिचालन गर्नैपर्छ ।’
उहाँले भन्नुभयो– ‘स्थायी शान्ति र स्थिरता हासिल गर्न प्यालेस्टिनी एकता आवश्यक छ र एकीकृत प्यालेस्टिनी शासनलाई उच्च प्राथमिकताको रूपमा रहनुपर्छ भन्ने कुरामा म जोड दिन्छु।’
गुटेर्रेसले द्वन्द्वमा रहेका सबै पक्षलाई प्यालेस्टिनी, इजरायली र व्यापक क्षेत्रको राम्रो भविष्य सुरक्षित गर्न, कब्जा अन्त्य गर्न र वार्ताद्वारा दुई–राज्य समाधान प्राप्त गर्न अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले बुधबार इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै गाजामा स्वास्थ्यको आवश्यकता अझै व्यापक रहेको बताउनुभयो । उहाँले ‘शान्ति नै उत्तम औषधि हो’ भन्नुभयो ।
टेड्रोस अधानोम गेब्रेयससले एक्समा जारी सन्देशमा भन्नुभएको छ– ‘गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता स्वागतयोग्य र उत्साहजनक छ। सबै पक्षले सम्झौताको सम्मान गर्नेछन् र दिगो शान्तिका लागि काम गर्नेछन्।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश