
मोरङ । पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण शुरु गरिएको छ ।
खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा खेलमैदान निर्माण शुरु गरिएको हो ।
खेल मैदान निर्माणका लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको त्यहाँका वडाध्यक्ष नवीनजङग कार्कीले बताउनुभयो । उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने उहाँको भनाइ छ ।
खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताउनुभयो । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा अझ फुटबलमा उपलब्धि हासिल गर्न सकिने मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताउनुभयो ।
वडाको सक्रियतामा बन्न लागेको रङ्गशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्व राष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राई बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश