+

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर शुरु गरिएको छ ।


नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्त रुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर शुरु गरेको हो । चार दिनसम्म सञ्चालन हुने शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको जनाइएको छ । 


बुधबारदेखि शुरु भएको शिविर पाँचखाल नगरका विभिन्न ११ स्थानमा माघ ५ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शिविरअन्तर्गत पाँचखाल–१ को कोट्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ स्थित केराघारी सहरी स्वास्थ्य केन्द्र र वडा नमब्र १० को सहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रनिङ शिविर गरिएको छ । 

संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीका अनुसार शिविरअन्तर्गत पाँचखाल–८ स्थित होक्से स्वास्थ्यचौकी, वडा नं ९ को साठ्ठीघर स्वास्थ्यचौकी, वडा नम्बर ११ स्थित खरेलथोक स्वास्थ्यचौकी र वडा नम्बर १३ मा कोशीदेखा स्वास्थ्यचौकीमा शिविर हुँदै सञ्चालन गरिने छ । यस्तै शुक्रबार पाँचखाल–३ समाजकल्याण शहरी स्वास्थ्य केन्द्र, पाँचखाल–६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, पाँचखाल–७ मा श्रीरामपाटी शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमि बालुवा स्वास्थ्यचौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ हुने जनाइएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताउनुभयो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको भन्दै शिविर सञ्चालन गरिएको जनाइएको छ । 

शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै