
कैलाली। प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । आज भएको दोस्रो खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो ।
जितसँगै एपिएफ दुई खेलबाट चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो । गण्डकीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।
धनगढीस्थित फाप्ला मैदानमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥र्यो । एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६ रन बनाइन् । यस्तै ममता चौधरी १८ र रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ गण्डकीकी आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो । खराब मौसमका कारण खेल पाँच ओभर घटाइएको थियो । गण्डकीकी कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाइन् । यस्तै रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोडिन् । बलिङतर्फ एपिएफकी बिनु बूढामगरले दुई विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच घोषित भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश