
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि सुनुवाइ सकिएको छ ।
सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाइ सकिएको हो ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बुधबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्तादवय सुशील पन्त र रमण श्रेष्ठले बहस गर्नुभएको थियो । पन्त र श्रेष्ठले इजलासमा।लामिछानेलाई छाड्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको छ । पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुनुहुन्छ । यही प्रकरणमा यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फका वकिलहरूले बहस गरेका गर्नुभएको थियो ।
कास्की जिल्ला अदालतको आदेशपछि गएको बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएका लामिछाने आइतबार आफैँ काठमाडौँ अदालतमा उपस्थित हुनुभएको थियो । लामिछानेलाई त्यसपछि काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेर बहसको बेला अदालतमा उपस्थित गराउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश