
तनहुँ । व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूल लगायत कृषिउपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
नगरको ३५ लाख ५१ हजार रुपैयाँ सहयोग र बाँकी जनश्रमदानबाट सङ्कलन गरी ४० लाख ७४ हजार ३ सय ५९ रुपैयाँ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले मङ्गलबार केन्द्र उद्घाटन गर्दै सङ्कलन केन्द्रमार्फत उत्पादक र उपभोक्ता प्रत्यक्ष रूपमा जोडिनुका साथै स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषकको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त होस् भन्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दूध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात गर्नेगरी कृषकले उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायत कृषिउपज बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुशी भएका यहाँस्थित सिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश