
बाँके । नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासङ्घ बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको समन्वय तथा आयोजनामा माघ १० देखि २२ गतेसम्म नेपालगञ्जमा प्रादेशिक महोत्सवमा ‘क्यान इन्फोटेक’ आयोजना गरिने जिल्लास्थित क्यान महासङ्घका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । प्रादेशिक महोत्सव आयोजना गर्न जिल्लास्थित क्यान महासङ्घ र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घबीच सम्झौता भई इन्फोटेकका लागि आवश्यक तयारी भइरहेको छ ।
नेपालगञ्ज र वरपरको क्षेत्रमा डिजिटल प्रवर्द्धन र प्रविधिको विकास गर्न, विभिन्न कार्यक्रम तथा परियोजना सफलताका लागि सहयोग गर्ने र प्रादेशिक महोत्सवमा समन्वय र सहकार्य गर्नेगरी सम्झौता भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले जानकारी दिनुभयो ।
‘प्रादेशिक महोत्सवमा सूचना प्रविधिबारे जानकारी र सेवाको सहजता बनाउने उद्देश्य लिएर तयारी गरेका छौँ’ उहाँले भन्नुभयो– ‘यो इन्फोटेकले प्रादेशमा प्रविधिको क्षेत्रमा सकारात्मक सुधार ल्याउने विश्वास गरेका छौँ ।’
क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी सबै प्रकारका सेवा र जानकारीसहितका स्टल राखेर नेपालगञ्ज र वरपर डिजिटल प्रवर्द्धन र प्रविधिको विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको क्यान बाँकेका सचिव रमेश बिसीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन