
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा उथलपुथल हुने सम्भावना रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले बुधबार विपक्षी दलको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै यस्तो बताउनुभएको हो ।
देशलाई उथलपुथलबाट जोगाउन विपक्षी दल एक हुनुपर्ने उहाँको भनाई भनाइ छ । सहभागी नेताका अनुसार बैठकमा पक्षी दलको बैठकमा सबैभन्दा धेरै समय (करिब १० मिनेट) पूर्वप्रधानमन्त्री नेपाल बोल्नुभएको थियो ।
बैठकमा पूर्वप्रधानमन्त्री नेपालले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको धारणा व्यक्त गर्नुभएको थियो । ‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ,’ पूर्वप्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भन्नुभयो ‘यसलाई विपक्षी दल मिलेर राजनीतिक रुपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउनसक्छ । ‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ ।’
पूर्वप्रधानमन्त्री नेपालले बैठकमा संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले उथलपुथलबाट रोक्न अब विपक्षी दल एक हुनुपर्ने बताउँदै अन्य साना दललाई विपक्षी मोर्चामा ल्याउनेबारे प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश