
काठमाडौँ । संसद अधिवेशन बोलाउन सरकारलाई प्रतिपक्षी दलले दबाब दिने भएका छन् । प्रतिपक्षी दलको बुधबार बिहान बसेको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन दिने निर्णय गरेको छ ।
प्रतिपक्षी दलको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष समेत निकालेको छ । बैठकमा सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णय समेत भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगनाथ खतिवडाले जानकारी दिनुभएको छ ।
बैठकमा एकीकृत समाजवादीका माधवकुमार नेपाल र बेदुराम भुसाल नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड’ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी हुनुहुनथ्यो ।
बैठकले विपक्षी दलको संयुक्त वक्तव्य बनाउने जिम्मेवारी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललेमाओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई दिएको छ । विपक्षी दलको बैठक बिहीबार पुन बस्नेछ । बिहीबारको बैठकपछि संयुक्त वक्तव्य जारी गरी संसद अधिवेशन बोलाउन दबाब दिने प्रतिपक्ष दलको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव