+

ओलीलाई प्रश्न गर्ने अर्का एमाले नेता पनि कारवाहीमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा  एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा पर्नुभएको छ । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्की ६ महिनाका लागि निलम्बनमा पर्नुभएको हो । 


‘स्टाटस पनि निरन्तर लेख्नुभयो, अरु पनि कारण थिए,’ उहाँले भन्नुभयो, ‘केही दिनअघि प्रदेश कमिटीको सचिवालय बैठकले ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो, प्रदेश कमिटी बैठकले अनुमोदन गर्‍यो ।’ पुस २७ र २८ मा एमाले कोशी प्रदेश कमिटी बैठक बसेको थियो ।


एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो । कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित हुनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै