
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा महिलाको हत्या भएको छ । महिलाको हत्या गरेको हुन सक्ने आशंकामा २ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका १, सुन्दरीजलमा मजदूरी गरेर गुजारा चलाउँदै आएकी सिरहाकी राम दुलारीको हत्या भएको हो । उनको शव बिहीबार सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद भेटिएको थियो । त्यसको आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले २ द्दजनालाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न हुन सक्ने आशंकामा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ ।
‘शुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्’ एसपी अधिकारीले भन्नुभयो ‘ मृतक सिरहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।’
एसपी अधिकारीका अनुसार मृतकका आफन्त भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रारम्भिक जाँचका आधारमा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी