
दार्चुला। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको छ ।
राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको आज अनुगमन गर्नुभएको हो । नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उहाँले निर्माण कार्य समयमै सक्न निर्देशन दिनुभयो । आगामी कात्तिक महिनाभित्र पुल निर्माण सम्पन्न गर्न राजदूत श्रीवास्तवले निर्माणमा संलग्न पक्षलाई आग्रह गर्नुभयो ।
सो अवसरमा राजदूत श्रीवास्तवले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, महाकाली करीडोर सडक योजनाका ईन्जिनियर दिपकबहादुर विष्टलगायतबाट पुल निर्माणबारे जानकारी लिनुभएको थियो । भारतको पिथौरागढ जिल्लाका उप जिल्ला अधिकारी मन्जित सिंह तथा त्यहाँस्थित सुरक्षाअधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
पुल निर्माणको काम भारतीय निर्माण कम्पनी ‘पि एण्ड आर ईन्फ्राप्रोजेक्ट लिमिटेड पन्जा’ले गरिरहेको छ । एक सय १० मिटर लामो उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भेगलाई भारतसँग जोड्न दार्चुलामा बन्न लागेको यो पहिलो मोटरेवल पुल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी