
काठमाडौँ । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दू महिलाले महादेवको पूजा आराधनागरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उक्त कामना गर्नुभएको हो ।
‘तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण रहेको छ’ सन्देशमा भनिएको छ– ‘लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने धार्मिक चाड पनि हो ।’
सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधताभित्रको एकता उद्घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताउनुभएको छ । उहाँले मौलिक पर्वलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समय क्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी भएको सन्देशमा लेख्नुभएको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तीज हिन्दू नारीले मनाउने एउटा महत्वपूर्ण चाड हो । नेपाली हिन्दू महिलाद्वारा हर्षोल्लासका साथ मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश