
चितवन । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ ।
गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी प्राइभेट लिमिटेडले उक्त बेलिब्रिज निर्माण गरिएको हो ।
आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहे पनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ ।
इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ । त्यो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले १६ करोड १४ लाख रुपैयाँ खर्चेर पुल निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४।२ मिटर रहेको छ । यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्ने उहाँले बताउनुभयो ।
उहाँले यो बेलिब्रिजले यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीको सामान मात्र ढुवानी गर्न नभई स्थानीयलाई सहजता भएको बताउनुभयो । उहाँले हाइड्रोपावर निर्माणसँगै इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश