+

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

पाल्पा ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताउनु भएको  छ । 

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताउनुभयो । 

युवा विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उहाँ पाल्पा आउनुभएको हो । 

मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उहाँको धारणा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट