
बागलुङ । यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ । असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उहाँको भनाइ छ ।
धेरै महँगो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा आएर सिकार खेल्ने उहाँ बताउनुहुन्छ । टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी सिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ । ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज–मङ्सिर र दोस्रो सिजन फागुन–वैशाखमा सिकार याम सुरु हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सिकार आरक्षणबाट ४ करोड ४८ लाख १५ हजार रुपैयाा राजस्व सङ्कलन भएको थियो ।
बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी तीन जिल्ला फैलिएको सिकार आरक्षणलाई सिकार खेल्नका लागि सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरिएको छ । यस आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् भने नाउर, झारल, थार र हिमाली भालु पाइन्छन् ।
यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत एक सय ६४ प्रजातिका चरा पाइने सिकार आरक्षण कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश